२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी


0
Shares

काठमाडौं । न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।

पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गर्नुभएको हो ।

देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् । बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिनुभयो ।

पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ ।

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी