१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रिमियर लिगमा आर्सनलद्धारा म्यान्चेस्टर युनाईटेड पराजित


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको छ ।

गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले पराजित गर्‍यो ।

टोटनह्यामका लागि ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गर्दा ब्राइटनका तारिक लाम्पटेले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलहरुमा साउथह्याम्प्टनले एस्टन भिल्लालाई ४–३ ले पराजित गर्दा न्युकासल युनाइटेडले एभर्टनमाथि २–१ को जित निकालेको छ ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुने छन् । आज फुल्हमले वेष्ट ब्रोमसँग खेल्दा लिड्स युनाइटेड र लेष्टर सिटी भिड्नेछन् । एजेन्सी