
काठमाडौं । अफगानिस्तानको उत्तरी कुजुन प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
अफगान सीमा बलका सुरक्षा अधिकारीलाई लक्षित गरी भएका छुट्टाछुट्टै आक्रमणमा सात जना गम्भीर घाइते भएका छन् ।
खनाबाद जिललामा तालिवानी लडाकू समूहले विस्फोटक पदार्थ राखिएको कार सुरक्षा कमाण्डरसामु बिस्फोट गराएको समाचारमा जनाइएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीमाथि लक्षित गरी कार बम बिस्फोट गराएको समाचारमा जनाइएको छ ।
यस्तै अर्को आक्रमण मोर्टार खोल प्रान्तको गभर्नर कार्यालय नजिकै भएको अधिकारीहरुले बताएका छन् ।
अफगानिस्तानको कुद्ज र तखरा प्रान्तमा हालैका वर्षहरुमा तालिवानी लडाकू र सरकारी सुरक्षाकर्मीहरुबीच विभिन्न आक्रमण र झडपका घटनाहरु भइरहेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्