१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा १४ दिन लकडाउन गर्न आग्रह


0
Shares

बागलुङ । बागलुङ बजारमा कोरोना संक्रमण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ ।

उद्योग वाणिज्य संघले १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।

संघको हिजो बसेको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै लकडाउनको लागि आग्रह गरेको हो ।

संक्रमण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै संक्रमण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताउनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो ।

बागलुङमा अहिलेसम्म ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ७९ जना आइशोलेसनमा छन् ।