
तेह्रथुम । सरकारले नागरिकका लागि ल्याएको बिमा कार्यक्रम ग्रामीण स्तरसम्म पुग्न नसक्दा उनीहरुले सेवा लिन पाएका छैनन् ।
नेपाल सरकारले नागरिकका लागि ल्याएको बिमा कार्यक्रम ग्रामीण स्तरसम्म पुग्न नसक्दा उनीहरुले सेवा लिन नपाएका हुन् ।
स्वास्थ्य बिमालाई हरेक नागरिकसम्म पुर्याउनका निम्ती तेह्रथुको छथर गाउँपालिकाले भने नयाँ कार्यक्रम ल्याएको छ ।
तर दीर्घ रोगीहरुलाई गाउँपालिकाले दिँदै आएको राहत कार्यक्रमलाई स्वास्थ्य बिमासँगै जोडेर गाउँपालिकामा रहेका दीर्घ रोगीहरुलाई स्वास्थ्य बिमा गरिने भएको स्वास्थ्य बिमा सेवा सुचारु कार्यक्रम छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।
स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका नागरिकहरुलाई स्वास्थ्य बिमा सेवा सुचारु कार्यक्रमले राहत मिल्ने भएको छ ।
बिमा कार्यक्रमलाई नागरिकसम्म पुर्याउन सकियो भने स्वास्थ्य सेवाको पहुँचबाट टाढा नहुने उपाध्यक्ष तारा ढकालको भनाइ छ ।
हरेक नागरिकले स्वास्थ्य बिमा गर्न आवश्यक भएको भन्दै नागरिकहरुको स्वास्थ्यका लागि छथर गाउँपालिका संवेदनशील भएर लागेको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य बिमाको लागी ५ जनाको परिवारले ३५ सय रुपैयाँमा एक वर्षका लागि स्वास्थ्य बिमा गर्न सकिन्छ । बिमित नागरिकको १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा हुनेछ ।
नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छथर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सञ्जीव रसाइली बताउनुहुन्छ ।
छथर गाउँपालिकाले दीर्घ रोगीहरुलाई ५ हजारदेखि २५ हजारसम्म राहत दिँदै आएको छ । गाउँपालिकाका दीर्घ रोगीहरुलाई स्वास्थ्य बिमा हुने भएपछि छथरका नागरिकले राहत पाउने भएका छन ।
प्रतिक्रिया दिनुहोस्