
काठमाडौं, कात्तिक १७ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्रै एक हजार ६३० जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सक्रमितको सख्ंया एक लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।
थप २४ जनाको मृत्यु
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
थप ३,१५० ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट तीन हजार १५० जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्