१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतबाट लुकाएर ल्याउँदै गरेको १० क्विन्टलभन्दा बढी पटका बरामद


0
Shares

सर्लाही, कात्तिक १७ । भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले १० क्विन्टलभन्दा बढी पटका नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान बलरा नगरपालिका–८ स्थित सडकमा रोकिराखेको ट्याक्टरलाई जाँच गर्दा उक्त पटका भेटिएको प्रहरी उपरीक्षक सन्तोससिंह राठौरले जानकारी दिनुभएको छ ।

चाडपर्वलाई लक्षित गरेर २० ओटा कार्टुन र चारओटा बोरामा ‘प्याक’ गरेर पटका ल्याइँदै थियो ।

प्रहरीलाई देख्नेबित्तिकै ट्याक्टरचालक फरार रहेको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ ल्याउने चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।