
काठमाडौं । अष्ट्रियाको राजधानी भियनामा एक सभाहल नजिकै भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले विभिन्न ६ स्थानमा जथाभावी गोली प्रहार गर्दा १५ जना भन्दा बढी घाइते भएका छन् ।
अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले आतंकवादी आक्रमणको निन्दा गर्दै दोषीलाई कारणही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मारिनेमध्ये एक जना बन्दुकधारी रहेको सुरक्षाकर्मीको दावी छ । घाइतेमध्ये केही सुरक्षाकर्मीसमेत रहेको बताइएको छ ।
आक्रमणलगत्तै सुरक्षाकर्मीले उक्त स्थानमा घेरा हालेको बताइएको छ । आक्रमणकारीहरुले स्वचालित हतियार चलाएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले प्रतिवन्धहरुको घोषणा गरेलगत्तै आक्रमण भएको समाचारमा जनाइएको छ । आक्रमणको युरोपेली नेताहरुले निन्दा गरेका छन् ।
उनीहरुले आतंकवाद नियन्त्रणका लागि साझा कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आक्रमणको निन्दा गर्दै आतंकवाद नियन्त्रणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । फ्रान्सको एक शहरमा पनि गत हप्ता छुरा प्रहार गरी तीन जनाको हत्या भएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्