
तस्विर : फाइल
धनकुटा । धनकुटामा कोरोना परीक्षणको आधा खर्च स्थानीय तहहरुले बेहोर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको कोभिड १९ मेनेजमेन्ट सेन्टरको बैठकमा पीसीआर परीक्षण गर्ने ब्यक्तिले ५० प्रतिशत र सम्बन्धित स्थानीय तहले ५० प्रतिशत रकम व्यर्होनु पर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिनु भयो ।
बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनको काम पनि आफ्नै गाउँपालिकामा गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकने कोरोना संक्रमण बढ्न सकने भन्दै तिहारमा देउसी भैलो खेल्न पनि रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्