
काठमाडौं । लाङटाङ पदमार्गमा संचालनमा रहेका होटल आजदेखि बन्द भएका छन् ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल बन्द गरिएको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएकाले केही महिनासम्म होटल, लज तथा चिया पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पदमार्गमा पर्ने विभिन्न होटल, लज तथा चिया पसल बन्द भएका हुन् ।
पर्यटन व्यवसायीहरुका अनुसार पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक आइरहेका छन् ।
जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्