१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस पदाधिकारी बैठक स्थगित


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको सोमबार राति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो ।

पदाधिकारी बैठक बस्ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि, सोमबार सुरु भएको पदाधिकारी बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोधपत्रमा छलफल हुने बताइएको थियो ।