
काठमाडौं, कात्तिक १८ । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाका स्थानीय बासिन्दाले लामो समय हुँदा पनि सडक पिच नगरेको भन्दै तीन दिनदेखि ललितपुर, सुनाकोठी–चापागाउ सडकखन्डमा सवारी आवागमन ठप्प पारेका छन् ।
सडक पिच गर्ने ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनका ठेकेदार शारदाप्रसाद अधिकारीले पटक–पटक झुक्याएका कारण आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको स्थानीय युवाहरुको भनाइ रहेको छ ।
यही कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनीहरुले सवारी आवगमन ठप्प पारिरहेका छन् ।
बुधबार (भोलि)देखि भने २४ सै घन्टा सडक अवरोध गर्ने र माग पूरा नभएसम्म आन्दोलन जारी रहने युथ ट्वेन्टी सिक्स ग्रुप यलःका उपाध्यक्ष विकास महर्जनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्