१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट सार्वजनिक


0
Shares

अर्घाखाँची, कात्तिक १८ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि ‘सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रम सार्वजनिक गरिएको हो ।

चालू आर्थिक वर्ष ७७/७८ का लागि नौ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्रकुमार ओझाले जानकारी दिनुभयो ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीका कारण कुल बजेटको ४५ प्रतिशतमात्र खर्च गरेको ज्ञान केन्द्रले यस वर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने योजना राखेको केन्द्रका प्रमुख राममिलन विश्वकर्माले बताउनुभयो ।

उत्पादित कृषिवस्तु बजारमा पुगेपनि उचित मूल्य नपाउँदा किसान मारमा पर्ने गरेकाले यसको रोकथामका लागि केन्द्र लागिपरेको विश्वकर्माले बताउनुभयो ।