
काठमाडौं, कात्तिक १८ । सेयरबजारमा मंगलबार सामान्य सुधार आयो ।
उतार–चढावबीच नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको हो ।
आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा मंगलबार भने ५ अंक बढीले सुधार आइ एक हजार ६४३ पुगेको छ ।
मंगलबार कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने उकालो लागेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा जम्मा १९८ कम्पनीको ७७ लाख ५७ हजार कित्ता सेयर दुई अर्ब २३ करोड रुपैयाँ बढीमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्