१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढकाल समूहको उम्मेदवारी दर्ता


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयसमेत रहेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय पुगी ढकाल प्यानलका विभिन्न व्यक्तिहरुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबार वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साथै, एसोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मनोनयनस्थलमा पुग्नुभएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी–व्यवसायीहरु मिलेर अगाडि बढ्ने बताउनुभयो ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आउँदो मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।