१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमा विवाद समाधानका लागि भारत र चीनबीच पुन: सैन्य वार्ता हुने


0
Shares

काठमाडौं । भारत र चीनबीच पुन सैन्य वार्ता हुने भएको छ । यही नोभेम्बर ६ तारिखमा हुने सैन्य वार्तामा दुवै देशबीच सीमा विवाद समाधानका लागि छलफल हुने बताइएको छ ।

लद्दाखमा सीमा स्वामित्वको विषयलाई लिएर केही समयअघि दुवै देशका सुरक्षाकर्मीबीच झडप भएसँगै बल्झिएको विवाद समाधानका लागि दुवै देशका अधिकारीहरुबीच पटक पटक छलफ हुँदै आएको छ ।

भारत र अमेरिकामा जारी निर्वाचन र कोरोना महामारीका कारण सैन्य वार्ता केही ढिलो भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सात महिनाअघिदेखि जारी छलफलमा सीमा विवाद समाधानका बारेमा कुनै ठोष प्रगती नभएको समाचारमा जनाइएको छ ।

गत अक्टोबार १२ मा सातौ चरणको छलफलमा चीनले समस्या समाधानका लागि भन्दै छुट्टै प्रस्ताव पेश गरेपछि विवाद पुन बल्झिएको हो ।

दुवै देशले लद्दाखमा रहेको सीमा आफ्नो भूमि भएको दावी गर्दै एक अर्का देशका सैनिकलाई भूमि छाड्न चेतावनी दिँदै आएका छन् ।

गत वर्ष दुवै देशका सुरक्षाकर्मीबीच सीमामा विवाद हुँदा दोहोरो झडप भएको थियो ।