
बागलुङ । बागलुङमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–४ स्थित श्रीमाया थापाको होटल बिसौनीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेली रहेका उनीहरुहरुबाट ७८ हजार एक सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
यस्तै सर्लाहीमा पनि मंगलवार साँझ इलाका प्रहरी कार्यालय बरहथवाले बरहथवा नगरपालिका– ६ स्थित शम्भु सिंहको घरबाट जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुबाट प्रहरीले ६० हजार ९ सय ९५ रुपैयाँ नेपाली र ५ हजार २ सय भारतीय रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्