१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी राष्ट्रपति निर्वाचनमा कडा टक्कर


0
Shares

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निार्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनको अग्रता बढेको छ ।

यो समाचार तयार पार्दासम्म वाइडेनले ५३८ इलेक्टोरल कलेज मध्ये २०९ वटा जित्नुभएको छ भने रिपब्लिक पार्टीका डोनल्ड ट्रम्पले ११८ इलेक्टोरल कलेज जित्नुभएको छ ।

अब २७० इलेक्टोरल कलेजको परिणाम आउन बाँकी छ । अमेरिकामा ५३८ इलेक्टोरल कलेज छ । ती कलेजमा जसले बहुमत ल्याउँछ उही निर्वाचित हुन्छ ।

बाँकी रहेका ठाउँहरुमा ट्रम्पको बलियो अवस्था रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यसैले अहिले वाइडेनको अग्रता भए पनि उहाँले नै चुनाव जित्नुहुन्छ भन्न सकिने अवस्था रहेको छैन ।एजेन्सी