१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढोरपाटनमा शिकार सिजन सुरु, पहिलो सिजनमा दुईवटा जनावरको मात्र शिकार


0
Shares

बाग्लुङ । नेपालको एक मात्र शिकार आरक्षण केन्द्र ढोरपाटनमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको मात्र शिकार हुने भएको छ ।

कोरोना त्रासले गर्दा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजनमा २ वटा जनावरको शिकार तोकिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले शिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र शिकारको लागि प्रस्ताव पेश गरेको थियो ।

शिकार आरक्षको धुस्तुङ ब्लकमा एक झारल र एक नाउरको शिकार गर्ने ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियमका नागरिक मंसिर ५ गते शिकारका लागि ढोरपाटन आउने छन् ।

आरक्षणमा वर्षेनी असोजदेखि मंसिर र फागुनदेखि वैशाख गरी दुई पटक शिकार खुल्छ । गत वर्षको दोस्रो सिजनको शिकार कोरोनाका कारण रोकिएको थियो ।