
राजविराज, कात्तिक १९ । सप्तरीमा कोरोनाभाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
बुधबार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको फार्मेसीमा कार्यरत् कर्मचारीको संक्रमणबाट मृत्यु भएको हो ।
राजविराज नगरपालिका–२ निवासी २८ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गएको शनिबार कोरोना पुष्टि भएपछि उहाँलाई साइकृष्णा अस्पतालको ‘आइसोलेसन’मा भर्ना गरिएको थियो ।
उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त प्रमुख डा. रञ्जितकुमार झाले जानकारी दिनुभयो ।
मृतक युवकमा कुनै दीर्घरोग नरहेको डा. झाले बताउनुभयो ।
योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्