१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा


0
Shares

काठमाडौं, कात्तिक १९ । वीर अस्पतालको आकस्मिककक्षमा कार्यरत् १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

आवश्यक सेवा–सुविधा र भत्ता कटौती गरेको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार राजीनामा दिएका हुन् ।

जोखिम मोलेर २४ घन्टा डियुटीमा लगाउने र आवश्यक स्रोत–साधनसमेत उपलब्ध नगराएको भन्दै उनीहरु यही कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

उनीहरुले बुधबार अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् ।

अस्पतालले कोरोनाको समयमा पनि स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्थापन नगरेको र दशैं–तिहारको भत्तासमेत नदिएको राजीनामापत्रमा उल्लेख गरिएको छ ।

९६ घन्टासम्म विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले मनोबलमा गिरावट आइ राजीनामा दिन बाध्य भएको उनीहरुले जनाएका छन् ।