
काठमाडौं । नेपालीका काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन् ।
पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ ।
कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न भोली केन्द्रीय समिति बैठक बोलाएको छ ।
केन्द्रीय समिति बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक बोलाउनुभएको हो ।
क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ ।
महाधिवेशन नजिकिएका बेला सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन् ।
तर देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्