
काठमाडौं । पार्टीमा जारी विवादबारे छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ ।
पाँच दिनपछि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो । यसअघि दुवै अध्यक्षबीच भएको छलफलमा पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै दुवै नेताहरुले आ आफ्नो ढंगबाट निकटस्थहरुलाई बताएका थिए ।
पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेकपामा तरंग उत्पन्न भएसँगै पुन दुवै अध्यक्ष छलफलमा जुटेका हुन् ।
पार्टीमा देखिएका विवाद पार्टी कमिटी बैठकमा छलफल गर्नुपर्ने नेपाल पक्षले अडान लिएपनि दुवै अध्यक्षबीच सहमति गरेर मात्र बैठक बोलाउने ओलीले अडान लिनुभएको छ ।
यसअघि दाहाल र ओली पक्षले आफ्नो समूहका नेताहरुसँग निरन्तर छलफल गरीरहेका छन् ।
राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुुसी प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएका बेला दुवै नेता पुःन संवादमा जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्