१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीसितको भेटपछि दाहालले भने–‘अब वार्ताकै लागि बालुवाटार आउँदिनँ’


0
Shares

ncp party president dispute

काठमाडौं, कात्तिक २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताउनुभएको छ ।

ओलीसँगको छलफलपछि अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताउनुभएको जनाइएको छ ।

पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र दाहाल छलफलमा बसेका थिए । तर, कुनै निष्कर्ष निस्कन नसकेको स्रोतले जनाएको छ ।

भेटमा दाहालले सचिवालय बैठकका लागि आग्रह गर्दा ओलीले त्यसलाई अस्वीकार गर्नुभएको स्रोतले जनाएको छ ।

भेटमा दाहालले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्तिका विषयमा समेत प्रश्न गर्नुभएको थियो ।

१ नम्बर प्रदेशका नेताहरुलाई ‘जुम’ भेलामा ओलीले ‘जबज’लाई अघि बढाउन दिएको निर्देशनप्रति दाहालले आपत्ति जनाउनुभएको बताइएको छ ।

पाँच दिनपछि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो । यसअघि, दुवै अध्यक्षबीच भएको छलफलमा पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै दुवै नेताहरुले आ–आफ्नो ढंगबाट निकटस्थहरुलाई बताएका थिए ।

विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस, मन्त्रिमन्डल पुनर्गठन, कर्णाली प्रदेशको विवाद, भारतीय ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र दाहालबीच विवाद चुलिएको छ ।