१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीद्वारा सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण, अनशनको चेतावनी


0
Shares

काठमाडौं, कात्तिक २० । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले १९औं अनशनको समयमा आफूसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी डा. केसीले कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

त्रिवि शिक्षण अस्पताल बाहिर पत्रकार सम्मेलन गर्नुभएका डा. केसीले सरकारले जनतामुखी ऐनलाई माफियामुखी बनाउने गरेका कारण यसअघि प्राप्त भएका उपलब्धिहरुसमेत गुम्दै गएको आरोप लगाउनुभयो ।

आफूसँग भएका सम्झौता कार्यान्यन नभए निरन्तर लडिरहने र २०औं, २१औं अनशन बस्नसमेत पछि नहट्ने उहाँले चेतावनी दिनुभयो ।

आगामी अनशनमा अन्य मागहरु समेत समावेश गर्न बाध्य हुने उहाँले उल्लेख गर्नुभयो ।

वि.सं. २०८० सालसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज नखुलेमा चिकित्सा शिक्षा ऐन २०७५ ले गरेको व्यवस्थाविपरीत हुने डा. केसीको भनाइ छ ।

सरकारले स्वास्थ्य र मेडिकल क्षेत्रमा व्यापारमात्रै गर्न चाहे सरकारलाई दण्डित गर्नु सबै नागरिकको कर्तव्य हुनेसमेत उहाँले बताउनुभयो ।