
कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शाहको १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्