
ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर रहेका छन् ।
ओखलढुंगामा १२ प्रतिशत्, सोलुखुम्बुमा १६ दशमलव ८३ प्रतिशत र खोटाङमा १५ दशमलव ७ प्रतिशत् जनता खानेपानीको पहुँच बाहिर रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख विजयकुमार ठाकुरले जानकारी दिनुभयो ।
कार्यालयले जनतालाई खानेपानीको पहुँच पु¥याउन तीनैवटा जिल्लामा संघ र प्रदेश सरकारको सहयोगमा दर्जनौ योजना सञ्चालन गरिरहेको छ ।
कार्यालयले संघ र प्रदेश मातहतबाट ओखलढुंगामा ७८ वटा, सोलुखुम्बुमा ४४ वटा र खोटाङमा ९१ वटा योजना सञ्चालन गरिरहेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्