१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कलाकार गजुरेलको स्वास्थ्य जटिल, आइसीयूमा भर्ना


0
Shares

manoj gajurel

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना हुनुभएको छ ।

उहाँमा कोरोना संक्रमण भइ श्वास – प्रश्वासमा समस्या देखिएपछि बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उहाँको फोक्सोमा निमोनियाँ देखिएको छ।

गजुरेललाई कोरोना उपचारमा प्रयोग हुने विभिन्न अ‍ैषधीका साथै अक्सिजन दिइरहेको र आवश्यकता अनुसार प्लाज्मा थेरापी समेत दिने योजना बनिरहेको बताइएको छ ।