१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झुट बोलेको बन्दै टीभी च्यानलले बीचैमा रोके राष्ट्रपति ट्रम्पको सम्बोधन


0
Shares

काठमाडौं । अमेरिकाका ठूला टिभी च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनलाई झुट भन्दै बीचैमा रोकिदिएका छन् ।

त्यहाँका एबीसी, सीबीएस और एनबीसी टीभीले राष्ट्रपति ट्रम्पको सम्बोधनलाई बीचैमा रोकेर आफ्नो दर्शकलाई राष्ट्रपतिले झुटो बयान दिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हुलाकबाट आएका मतहरुलाई धोकाधडी भएको बताउनुभएको थियो । ट्रम्पले चुनाव अघि नै आफ्ना समर्थकलाई हुलाकबाट मत नदिन र आफै गएर मत दिन आग्रह गर्नुभएको थियो ।

उता जोन बाइडेनले आफ्ना समर्थकलाई कोरोना महामारीमा हुलाकबाटै भोट हाल्न अपिल गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले शुक्रबार पनि वैध मत मात्रै गनेमा आफू विजयी हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ । एजेन्सी