
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राख्नु भएको छ ।
मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा हुनुहुन्छ । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पपछि पर्नुभएको छ ।
ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव सुनिश्चित जस्तै देखिएको छ । राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिनामा अग्रता कायम गर्नुभएको छ ।
गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले बाइडेनले अन्तिमसम्म आफ्नो अग्रता कायम राख्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच निर्वाचन अधिकारीहरुले १६ इलेक्टोरल कलेज भएको जर्जियामा पुनः मत गणना गरिने जनाएका छन् ।
निर्वाचन मत परिणामका लागि जर्जिया राज्य अहम सावित हुन सक्ने भएको छ ।
फक्स न्यूजका अनुसार बाइडेनको पक्षमा २ सय ६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २ सय १४ इलेक्टोरल मत छ ।
यसैबीच बाइडेनले आफू जित्ने निश्चित भए विजेताका रुपमा आफ्नो राज्य डेलाबरमा विजयी मन्तव्य दिने तयारी गर्नुभएको छ ।
उता राष्ट्रपति ट्रम्पले भने बाइडनलाई विजय भएको गलत दाबी नगर्न चेतावनी दिँदै विभिन्न राज्यमा मतगणनाका सम्बन्धमा कानुनी प्रक्रिया सुरु भएको स्मरण गराउनु भएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्