
कञ्चनपुर । भारतीय बजारबाट लागुऔषध तथा विष्फोटक पदार्थ भित्रिन थालेपछि पश्चिमी सीमा नाकामा कडाइ गरिएको छ ।
तिहार नजिकिएसँगै सीमावर्ती भारतीय बजारबाट लागुऔषध तथा पटाकालगायतका बिस्फोटक पदार्थ भित्रिन थालेपछि कञ्चनपुर प्रहरीले चेकजाँचका लागि नाका तथा बजार क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरेको हो ।
दसैंका बेला महेन्द्रनगरबाट दार्चुला लैजान बसको छतमा लोड गरिरहेको अवस्थामा प्रहरीले ६ बोरा पटाका बरामद गरेको थियो ।
त्यसको केही दिनअघि मात्रै महेन्द्रनगरबाट काठमाण्डौं गइरहेको बसमा पनि नागढुङ्गाको प्रहरीले पटाका बरामद गरेको थियो ।
चाडवाडका बेला भारतबाट घर फर्किने मानिसहरुको भीडभाडमा अवैध विष्फोटक पदार्थ तथा लागुऔषध नभित्रियोस भनेर पश्चिमी सीमानाका गड्डाचौकी, गौरीफन्टा र महेन्द्रनगरस्थित बसपार्क क्षेत्रमा तालीम प्राप्त कुकुर परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्