
फाइल तस्वीर
काठमाडौं, कात्तिक २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् संघीय संसदको अधिवेशन बोलाउन माग गर्नुभएको हो ।
उहाँले सत्तारुढ दल नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरेपनि हालका लागि गम्भीर विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउनुपर्ने धारणा राख्नुभएको छ ।
डा. भट्टराईले कोरोना महामारी, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्