
बारा, कात्तिक २२ । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने पथलैया–वीरगन्ज व्यापारिक मार्ग पाँच वर्षमा पनि निर्माणकै चरणमा रहेको छ ।
निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण व्यापारिक मार्ग विस्तार योजनाको छ लेन सडक समयमै निर्माण सम्पन्न हुन नसकेको हो ।
आयोजनाको तीन खन्डको जिम्मा पाएको पप्पु कन्सट्रक्सनका कारण निर्माणमा थप ढिलासुस्ती भएको हो ।
गत वर्ष स्थानीय प्रशासनले गरेको अनुगमनले पप्पु र युनाइटेड कम्पनीलाई काममा ढिलासुस्ती गरेको भन्दै जरिवाना तिराएको थियो ।
हालसम्म सडकको औसत निर्माण प्रगति ६० प्रतिशत रहेको छ । पटक–पटक म्याद थपिएपनि सम्झौताअनुसार सडक निर्माण नभएकोले निर्माण कम्पनीलाई कारबाही गरिने योजनाका प्रवक्ता विवेक झाले बताउनुभयो ।
वि.सं. २०७३ साल साउनबाट सुरु गरिएको योजनाको लागत करिब चार अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्