१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लायन्स क्लबको निःशुल्क आइसोलेसन सेन्टर


0
Shares

काठमाडौं, कात्तिक २२ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिरहेका बेला केही सामाजिक संघ–संस्थाले भने आइसोलेसन सेन्टरमा संक्रमितलाई निःशुल्क राखेर उपचार गरिरहेका छन् ।

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न राज्य पन्छिरहेका बेला केही सामाजिक संस्थाहरुले भने आइसोलेसन सेन्टर स्थापना गरी संक्रमितको उपचार गरिरहेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको अनुरोधमा लायन्स क्लब इन्टरनेसनलले पनि असोज २२ गतेबाट राष्ट्रिय शहीद तथा शान्तिपार्कमा कोभिड–१९ लायन्स आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य सेवा विभागबाट ४० बेडको अनुमति पाएपनि आइसोलेसन सेन्टरमा हाल ५० बेड रहेको छ ।

सेन्टरमा उपत्यकामा डेरा गरी बस्ने तथा होम आइसोलेसनमा बस्न सम्भव नभएका संक्रमितलाई राखिँदै आएको छ ।

सेन्टरबाट हालसम्म २६ जना डिस्चार्ज भइसकेका छन् भने आठजना उपचाररत् छन् । गम्भीर प्रकृतिका बिरामी भने यहाँ राखिएको छैन ।

लायन्स क्लब आइसोलेसन सेन्टरमा सीसीयू र सेमि आइसीयू सेवासमेत उपलब्ध गराउने प्रयासमा छ ।

लायन्स क्लबले विराटनगरमा पनि आइसोलेसन सञ्चालन गरिरहेको छ ।

अस्पतालहरुमा कोराना संक्रमितको उपचारको लागि बेडको अभाव बढ्दै गएको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई पनि सरकारी निकायले बेवास्ता गर्नेक्रम बढ्दो छ ।

यस्तो अवस्थामा होम आइसोलेसनमा बस्न सम्भव नहुने संक्रमितलाई निःशुल्क आइसोलेसनको व्यवस्था गरेर लायन्स क्लबले संक्रमितको उपचारमा ठूलो गुन लगाएको छ ।

भिडियो हेर्नुहोस्

भिडियोः सुयेश मानन्धर ।