
कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ ।
गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरुमध्ये २१ जना जिल्लाभित्रकै व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो ।
त्यस्तै ११ जना बिरामी भारतबाट आएको देखिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार गत आर्थिक वर्षमा कञ्चनपुरमा एक सय १३ जनामा मलेरिया रोग देखिएको थियो ।
अहिले लामखुट्टेहरु समातेर ल्याबमा जाँच गर्ने काम भइरहेको र कञ्चनपुरमा हालसम्म गम्भीर खालको प्लाज्मोडियम फाल्सीपार नदेखिएको कार्यालयले जनाएको छ ।
सरकारले सन् २०२५ सम्म औलो निवारण लक्ष्य लिएको छ भने सन् २०२२ सम्म स्थानीय मलेरिया निवारण गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्