१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली बजारमा आयो क्रसफायरको नयाँ रेस बाइक


0
Shares

काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ रेस एडिसनको बाइक आरएम २५० ट्विन बिक्रीका लागि उपलब्ध भएको छ ।

काठमाडौं उपत्यकास्थित महाराजगञ्जको सोरुममा सो बाइक टेस्ट राइडका लागि उपलब्ध छ भने उपत्यकाकै एकान्तकुना तथा उपत्यका वाहिर बुटवल, पोखरा, चितवन, धरान र नेपालगन्जका सोरुमहरुबाट यसका वारेमा थप बुझ्न सकिने कम्पनीको भनाइ छ ।

डर्ट र मोटार्ड दुवै भर्सनमा उपलब्ध सो बाइक डर्ट बाइक राइडरहरुको चाहनालाई पुरा गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको बताइएको छ ।

यसमा भएको डबल एक्जस्ट र पावर डेलिभरीका कारण यसलाई ट्रयाक, हाइवे र अन्य सबै स्थानमा चलाउन सकिने कम्पनीको भनाइ छ ।

३३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको तौल भने ११० किलोग्राम मात्र छ । अघिल्लो भागमा २९० एमएम र पछिल्लो भागमा २४० एमएमको डिस्क ब्रेक छ ।

क्रसफायर आरएम २५० ट्विन रेस एडिसनको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपाल अटोबाट