२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काँग्रेस पौडेल समुहको छलफल आज हुंदै


0
Shares

congress ramchandra poudel

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा भएको सैद्धान्तिक सहमतिका विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छलफल हुंदैछ ।

जुम मार्फत दिउँसो १ बजे हुने छलफलमा नेता पौडेलले सभापति शेरबहादुर देउवासँग भएको सहमतिका विषयमा छलफल गर्ने बताइएको छ ।

पौडेल निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले विधानविपरित गठन गरेको विभाग खारेज नगर्ने भनेपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने छ ।

हिजो देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले पौडेल समूहले उठाएको १६ बुँदे मागमा सैद्धान्तिक सहमति जनाए पनि गठन भएका विभाग भंग गर्न भने सभापति देउवा असहमत हुनु भएको थियो ।