२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माटाका पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याई


0
Shares

भक्तपुर । भक्तपुरमा तिहारमा प्रयोग हुने माटाका पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याई छ ।

अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने बढी बिक्रि हुने गरेको छ ।

तर यस वर्ष भने कोरोना महामारीका कारण निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताउनुभयो ।

उहांले गत वर्ष दैनिक तीन-चार हजारको संख्यामा विक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री हुने गरेको बताउनुभयो ।

माटाका भाँडा व्यवसायीहरुले भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको बताएका छन् ।

भक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ ।

तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा भने संकटमा पर्दै गएको छ ।