१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवीन्द्रराज जोशीले सुरु गरे कोरोनाविरुद्धको अभियान


0
Shares

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले सोमबार काठमाडौं निर्वाचन क्षेत्र–८ मा घरदैलो कार्यक्रम गर्दै निःशुल्क मास्क, अक्सिमिटर, स्यानिटाइजर र औषधि वितरण सुरु गर्नुभएको हो ।

अभियानअन्तर्गत् संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा.भूपेन्द्र बस्नेतलगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ ।

कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ ।