१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिहार नआउँदै ओइलायो सयपत्री र मखमली


0
Shares

म्याग्दी, कात्तिक २४ । एक महिनाको मलमासका कारण यस वर्ष तिहार ढिलोगरी आउँदा म्याग्दीमा तिहारका लागि भनेर लगाइएका सयपत्री र मखमली फूलहरु बोटमै ओइलाउन थालेका छन् ।

अधिकांश गाउँहरुमा लगाइएका सयपत्री र मखमली फूलहरु सुक्न थालेका हुन् ।

फूल बोटमै सुकेपछि यसपटकको तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।

सयपत्री फूल जोगाउन कठिन भएको बेनी नगरपालिका–२, खबराका चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीका प्रायः सबै ठाउँमा फूल ओइलिएर बोटमै कुहिन थालेका छन् ।