
प्रकाश मैनाली (इमेज)
सर्लाही, साउन ३ । राजपा नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोका दाइ एवं सर्लाहीको चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतोको घरनजिक शंकास्पद वस्तु फेलापरेको छ ।
महतोको सर्लाहीको बबरगन्जस्थित घरपछाडि बिहीबार विस्फोटक पदार्थजस्तो देखिने प्रेसरकुकर र तार फेलापरेको हो ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र नेपाली सेना पुगेका छन् ।
सेनाले अनुसन्धान नगरेसम्म शंकास्पद वस्तु के हो ? भन्न नसकिने सर्लाही प्रहरीका प्रमुख एसपी पोषराज पोखरेलले बताए ।
उनकाअनुसार बिहीबार बिहान स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्