१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाभित्र के हुँदैछ ?


0
Shares

kp oli prachanda

काठमाडौं, कात्तिक २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपनि बैकठका लागि अझै सहमति जुटेको छैन ।

बैठकका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुनुपर्नेमा संवादहीनता बढ्दै गएपछि प्रधानमन्त्री ओलीले सोमबार महासचिव विष्णु पौडेललाई बैठकको एजेन्डा तय गर्न दाहाल निवास खुमलटारमा पठाउनुभएको छ ।

बैठकको एजेन्डाका बारेमा अध्यक्ष दाहाल र महासचिव पौडेलकाबीच छलफल भएपनि टुंगो लाग्न नसकेपछि विवाद साम्य पार्न गठित कार्यदल भने सक्रिय भएको छ ।

शीर्ष नेताबीच विवाद चर्किएर पार्टीभित्र संकट चुलिएपछि महासचिव पौडेल संयोजक रहेको कार्यदललाई सक्रिय बनाइएको सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसँग समय माग गरेपछि सोमबार बालुवाटारमा कार्यदलका सदस्यबीच सामूहिक भेटघाट भएको पाण्डेले जानकारी दिनुभयो ।

छलफलमा दाहाल पक्षका कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने अनुपस्थित रहनुभयो ।

पार्टीमा देखिएको संकटबारे छलफल गर्न दाहालसहित बहुमत सचिवालय सदस्यले सचिवालय बैठक बस्न माग गर्दै ओलीलाई लिखित पत्र बुझाएपनि सहमति जुट्न सकेको छैन ।