२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतीय विदेश सचिव हर्षबर्धन नेपाल आउने


0
Shares

indian foreign secretary nepal visit

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन सिङगला मंसिर दोस्रो साता नेपाल आउनुहुने भएको छ ।

दुई दिने भ्रमणका क्रममा सिङलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च अधिकारीहरुसँग भेटभाट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिंङला नेपाल आउन लाग्नुभएको हो ।