१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिहार विधानसभा निर्वाचनको मतगणना जारी, भाजपा र आरजेडीबीच कडा प्रतिस्पर्धा


0
Shares

काठमाडौं । भारतको बिहार राज्यमा सम्पन्न विधानसभा निर्वाचनको जारी मतगणनामा भारतीय जनता पाटी भाजपा र राष्ट्रिय जनता दल आरजेडीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन आयोगले २ सय ३६ को रुझान सार्वजनिक गर्दा भाजपा ६६ सीटमा र लालुप्रसाद यादवको आरजेडी ६५ सीटमा अगाडि छ ।

यस्तै जनता दल यूनाइटेड ४६ र कांग्रेसले २३ सीटमा अग्रता लिएको छ । विधानसभा चुनावमा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन चुनावी मैदानमा उत्रिएको हो ।

निर्वाचनपछिका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री यादवका छोरा तेजश्वी नेतृत्वको मगठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् ।

विहार विधानसभामा कुल २ सय ४३ सीट रहेकोमा सरकार गठनका लागि १ सय २२ सीट ल्याउनु पर्ने प्रावधान छ ।

विगत १५ वर्षदेखि बिहारको मुख्यमन्त्री रहेका नितिश कुमार लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

कोरोना महामारी बीच तीन चरणमा सम्पन्न चुनावमा ५७ प्रतिशत बढी मत खसेको थियो । एजेन्सी