
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्ने भएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बराहीमा छलफलका लागि समय तय भएको हो ।
ओली इतरसमूहको बहुमत सचिवालय सदस्यहरुको छलफलमा ओलीले बैठक नबोलाए कार्यकारी अध्यक्ष दाहालले नै बैठक बोलाउने विषयमा पनि छलफल हुने भएको हो ।
तर ओलीको सहमतिबिनै बैठक बोलाउने कुरामा भने नेताहरु अँझै अनिर्णित बनेका छन् ।
ओलीले दाहालसँग यसअघि भएको वार्तामा आफ्नो सहमतिबिना बैठक बोलाइए फुटको बिन्दु त्यही हुने चेतावनी दिएपछि अध्यक्ष दाहालले भने आफ्नो समूहका नेताहरुको बैठक लगातार राख्दै आउनु भएको छ ।
यसअघि पार्टीभित्रको पेचिलो बन्दै गएको विवादबीच नेकपाका महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सोमबार खुमलटार पठाउनु भएको थियो ।
पाँच सदस्यले पठाएको पत्रमा तोक लगाएर अध्यक्ष ओलीले विधानअनुसार गर्नू भन्ने सन्देश महासचिव पौडेलमार्फत् दाहाललाई पु¥याइएको थियो ।
तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै दाहालले बैठकभन्दा पनि सहमति खोजेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्