
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको टोलीले अनौपचारिक मात्र होइन, औपचारिक सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरुले दौडधुप शुरु गरेका छन् ।
सोमबार महासचिव विष्णु पौडेल ओलीको सन्देश लिएर दाहालको खुमलटारस्थित निवासमा पुग्नुभएको थियो । उहाँले सहमति गरेर अघि बढ्न दाहाललाई आग्रह गर्नु भएको थियो ।
त्यसको भोलिपल्ट लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि खुमलटारमा दाहाललाई भेटेर फर्किनु भएको छ ।
पोखरेल र दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको दाहालको सचिवालयले पुष्टि गरेको हो ।
प्रचण्डको सचिवालय स्रोतका अनुसार पोखरेलसँग प्रचण्डले अब पर्खिने र कुर्ने अवस्थामा नरहेको सन्देश ओलीलाई पठाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्