
धनकुटा, कात्तिक २५ । धनकुटामा तिहार नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ ।
चाडपर्वको मौका छोपेर बढी मूल्य तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्नसक्ने भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा, स्थानीय प्रशासन, नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघले संयुक्तरुपमा बजार अनुगमन सुरु गरेका हुन् ।
अनुगमनमा सहभागीहरुले मौसमीभन्दा पनि नियमित अनुगमनमा जोड दिएका छन् ।
यता, सरकारी निकायले भने बजार अनुगमन नियमित भइरहेको दाबी गरेको छ ।
बजार अनुगमन गर्दा बजारमा मूल्य र अन्य कुरा सामान्य रहेको सरकारी अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्