
काठमाडौं । अमेरिकामा ५१ वर्षीया एक महिलाले नातिनिलाई जन्म दिएकी छिन् । जुली लोभिंगले नोभेम्बर २ मा इलिनोइस अस्पतालमा एक स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।
आफ्नी छोरी ब्रेना लकवुडका लागि उनले एक स्वस्थ बच्चाको जन्म दिएकी हुन् । नवजात शिशुको नाम ब्रायर जुलियट लकवुड राखिएको छ ।
जुलीकी छोरी लकवुड र उनका पति आरोन बच्चाका जैविक आमाबुबा हुन् । लकवुडको गर्भासयमा समस्या भएपछि चिकित्सकले उनलाई सरोगेसी मदर (भाडाकी आमा) खोज्न आग्रह गरेका थिए ।
लकवुडले आफ्नी आमालाई यो समस्या भनेपछि उनकी आमा आफ्नो नातिनिलाई जन्म दिन तयार भएकी हुन् ।
चिकित्सकले दिएको मिति भन्दा १० दिन अघि नै जुलीले नातिनिलाई जन्म दिएकी थिइन् । २०१६ मा विवाह गरेका लकवुड र आरोनले एक वर्ष प्राकृतिक रुपमा बच्चा बनाउन सफल नभएपछि आइभीएफ (कृतिम तरिकाबाट गर्भाधान) गरेका थिए ।
जसबाट ट्वीन्स बच्चा हुदा मिसग्यारेज भएर लकवुडको गर्भाशय काम नलाग्ने भएपछि उनको आमाले नातिनिलाई जन्म दिन तयार भएकी हुन् ।
अहिले आमा र नातिनिको स्वास्थ्य ठिक छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्