
किमाथांका, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो ।
सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथांकामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीका साथ संघीय मन्त्री, प्रदेश नम्बर–१ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्