
काठमाडौं, कात्तिक २६ । विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ ।
बहराइनको सरकारी मिडियाकाअनुसार खलिफाको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो ।
खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।
सन् १९७१ देखि निरन्तर प्रधानमन्त्री रहनुभएका खलिफाले ५४ वर्ष सरकार चलाउनुभयो ।
अमेरिकाको मायो क्लिनिक अस्पतालमा खलिफाको मृत्यु भएको बताइएको छ । मृत्युको कारणबारे खुलाइएको छैन ।
बहराइनका राजा शेख हमाद बिन इसा अल खालिफाले एक हप्ताको औपचारिक शोकको घोषणा गर्नुभएको छ ।
उहाँको पार्थिव शरीर बहराइन ल्याएपछि सीमित व्यक्तिहरुबीच अन्तिम संस्कार गर्ने कार्यक्रम रहेकोसमेत दरबारले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्